कुवेतमा आक्रमणमा ज्यान गुमाएका नेपालीको शव आज स्वदेश ल्याइँदै

काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार तामाङको पार्थिव शरीर कुवेत एयरवेजमार्फत स्वदेश ल्याउन लागिएको हो ।

मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको मन्त्रालयले जनाएको छ ।

Share News