९९३ सदस्य रहेको शुभ सन्देश सहकारीको सम्पत्ति साढे १२ करोड, ५१ जना ऋणी

काठमाडौं । शुभ सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले सार्वजनिक गरेको विवरणअनुसार सहकारीको कुल सम्पत्ति १२ करोड ४८ लाख १६ हजार १५९ रुपैयाँ पुगेको छ ।

विवरणअनुसार संस्थाको सेयर पुँजी १ करोड ६५ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ लाख ३६ हजार ६०६ रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी १२ लाख १ हजार ५६७ रुपैयाँ र अन्य कोषमा १२ लाख ५२ हजार ४०९ रुपैयाँ रहेको उल्लेख छ ।

सहकारीले ८ करोड ४३ लाख ३ हजार ७६७ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । संस्थाको कुल बचत ९ करोड ९३ लाख १५ हजार ४४७ रुपैयाँ रहेको छ । तरलता रकम ३ करोड ४७ लाख ७८३ रुपैयाँ रहेको र तरलता अनुपात ३३.२८ प्रतिशत पुगेको विवरणमा उल्लेख गरिएको छ ।

संस्थामा हाल ९९३ जना सदस्य आबद्ध रहेका छन् भने ५१ जना ऋणी सदस्य रहेको वित्तीय विवरणमा जनाइएको छ । 

Share News