ब्रड पिकमा हिमपहिरो : चार शव फेला, ६ नेपाली सम्पर्कविहीन

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालको हिमपहिरोमा चारजनाको शव फेला परेको छ । चार जनाको शव फेला पारेको अल्पाइन क्लब पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले जानकारी दिएका छन् ।

खानले इन्स्टाग्राममा चार जनाको शव फेला परेको जानकारी दिएका हुन् । यद्यपि उनले शव क-कसको फेला परेको भनी पहिचान खुलाएका छैनन् ।

हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पूर्व रोयल मरीन निर्मल पुर्जासहित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्डु शेर्पा छन् ।

त्यस्तै, टोलीमा पाकिस्तानी पर्वतारोही सोहेल साखी, चिनियाँ पर्वतारोही वाङ झोङ, अमेरिकी पर्वतारोही म्यालोरी गाइस तथा ओमानका पर्वतारोही अहमद अब्दुल्लाह अल हार्थी पनि रहेका छन्। क्लब अफ पाकिस्तानले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ ।

 

Share News