सीआईबीमा पुगेर महतोले दिए ३ घण्टा बयान

फाइल तस्विर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी उपेन्द्र महतोलाई बोलाएर सोधपुछ गरेको छ ।

सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले स्मार्ट टेलिकम र एनसलेको बारेमा बुझ्न कार्यालयमा बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

‘महतोलाई ३ घण्टा सीआईबीमा बोलाएर सोधपुछ गरिएको हो,’ चतुर्वेदीले विकासन्युजसँग भने ।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Share News