काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) मध्यान्ह १२ बजे बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री बालेनसहित गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रधानसेनापति अशोक सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा उपस्थित रहेका छन् ।