काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
समितिको बुधबार बसेको बैठकले कार्कीको नाममा सर्वसम्मत सहमति जनाएको हो । अब संवैधानिक प्रक्रियाअनुसार राष्ट्रपतिबाट नियुक्तिपछि उनले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नेछन् ।
यस्तै, निर्वाचन आयोगका आयुक्तका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ ।