काठमाडौं । काठमाडौंको तारकेश्वरमा कारभित्र एक महिला जलेको अवस्था फेला परेकी छन् । बिएई ०४१० नम्बरको ईएमजी कारमा एक महिला जलेको अवस्थामा फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले जानकारी दिए ।
तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । उनका अनुसार हिजो घरबाट हराएको खबर आएको थियो । प्रहरीले खोजी गरिरहेको थियो ।
नुवाकोट घर भएकी हाल नेपालटार बस्दै आएकी थिइन । उनी विवाहित महिला हुन् । शनिबार दिउँसो उनी कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा भेटिएकी थिइन् ।
घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताए ।