कोशी ब्यारेजबाट हाम फालेका साहको सकुशल उद्धार

काठमाडौं । कोशी ब्यारेजको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साहको उद्धार गरिएको हो ।

सोमबार दिउँसो करिब २ बजे उनले कोशी नदीमा हाम फालेका थिए । 

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त व्यारेजदेखि करीव ९० मिटर तलबाट मोटर बोटको सहायाताले सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ ।                                                 

Share News