काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट ल्याएको छ ।
बुधबार महानगरपालिकाको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गरिएको हो ।
महानगरपालिका उपप्रमुख मञ्जरी शाक्य बजचार्यलेले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
महानगरले आगामी आवमा चालुतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ । जुन चाल आवको तुलनामा ९ प्रतिशतले बढी हो । त्यस्र्तै पूँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रूपैयाँ विनियोजन गरिएको छ । चालु आवमा पूँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ लाख विनियोजन गरिएको थियो ।
पूँजीगत बजेट आगामी आवका लागि ६ प्रतिशतले घटेको छ ।