बसेरासहित ३ कम्पनीलाई २.१५ लाख जरिवाना, १६ लाई सुधारको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना तिराएको छ । बुधबार काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि बसेरा बुटिक होटल प्रालि (केशर क्याफे), के.ए.बि.स्टोर र मर्मेडलाई २ लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको हो । 

विभागका अनुसार काठमाडौं महानगरपालिका-२६, त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत कार्य गरेको ठहर गर्दै दफा ३९(१) (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको हो । 

यस्तै, खरिद बिल नराखेको पाइएपछि काठमाडौं महानगर-३१, पुरानो बानेश्वरस्थित के.ए.बि. स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर महानगर-३, पुल्चोकस्थित मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

यसैगरी बाटिका क्रियसन, श्याम कृष्ण स्टोर, आर.बि. इन्टरप्राइजेज, सुपा देउराली लुम्बिनी खाद्य स्टोर, डा.रोसा झम्सिखेल प्रालि, गराज एण्ड त्रिशूल कम्पनी प्रालि, अन्नपूर्ण पेट्स होम, टि.एफ.टि. पुल्चोक, सुरज किराना खाद्य स्टोर, ए.एम.एन. ट्रेडर्स, ऋदम खाद्य स्टोर्स, हारती मेशिनरी एण्ड पाट्र्स, श्रीराज स्टील हाउस, संस्कार इन्टरप्राइजेज प्रालि, एम.एस. माही स्टील तथा एस सप्लाईज एण्ड ट्रेडिङ प्रालिलाई भने आवश्यक सुधारका लागि निर्देशन दिएको विभागले जनाएको छ । 

Share News