काठमाडौं । ललितपुरमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । बालकुमारीस्थित तीन जना लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो ।
प्रहरीको गोली लागेर एक जना घाइते भएको ब्यूरोका एक प्रहरी अधिकृतले विकासन्युजलाई जानकारी दिए । पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो । ब्यूरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो ।