सेफ सन्तोष शाह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह विरूद्ध पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएपछि उनी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाबाट पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

शकुन्तला अधिकारीको (थापा) जाहेरीमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनी पक्राउ परेका हुन् । 

साहले अधिकारीसँग दुई वर्षअघि नक्सालस्थित गैह्रीधाराको सिला होटल खरिद गरेका थिए । साहले अधिकारीसँग २ करोड २५ लाखमा होटल खरिद गरेका थिए । हाल साेही ठाउँमा मिथिला थाली सञ्चालन गरेका छन् । 

Share News