ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी बने निफ्राको अध्यक्ष, बाहिरिए अनुज अग्रवाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले रेग्मीलाई अध्यक्ष चयन गरेको हो । 

रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै निफ्राको सञ्चालकका रूपमा कार्यरत थिए ।

यसअघि अध्यक्ष रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएपछि रेग्मीले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

अग्रवाल विशाल ग्रुपको प्रतिनिधित्व गर्दै संस्थापक समूहका तर्फबाट निफ्राको सञ्चालक बनेका थिए । तर, विशाल ग्रुपले उनको स्थानमा दीपक कुमार अग्रवाललाई सञ्चालकका रूपमा मनोनयन गरेपछि अनुज अग्रवालले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

Share News