प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट/क्रेडिट कार्डबाहकहरूले १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । भर्ना भएका बिरामीका हकमा औषधि र उपभोग्य सामग्रीबाहेकका सेवामा छुट लाग्नेछ भने ओपीडीमार्फत उपचार गराउने बिरामीहरूले औषधि र परामर्श शुल्कबाहेक अन्य सेवामा सोही दरको छुट पाउने व्यवस्था गरिएको छ ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंक लिमिटेडका चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । यो सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहनेछ ।

प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।

Share News