विश्वकप सिजनमा सामसङको अफर : टिभीमा २५ प्रतिशतसम्म क्यासब्याक र फ्री सब्स्क्रिप्सन

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टिभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अफरले घरमै स्टेडियमजस्तै अनुभव लिन सहयोग गर्नेछ ।

यो अफर २०२६ जुलाई १९ सम्म मान्य रहनेछ । अफरअन्तर्गत छनोट गरिएका सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ । यसले विश्वकपको अवसरमा अझ ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न उपयुक्त अवसर दिने कम्पनीले जनाएको छ ।

उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्च टिभी खरिद गर्ने ग्राहकहरूले ४९ हजार ९९० रुपैयाँ पर्ने साउन्डबार मात्र ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यसले दृश्यसँगै शक्तिशाली अडियो अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ ।

त्यस्तै, विश्वकप सिजनलाई अझ मनोरञ्जनमूलक बनाउन सामसङले निःशुल्क वर्ल्डकप लाइभ सब्स्क्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि उपलब्ध गराइरहेको छ । ब्युएलइडी र यूएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज रहनेछ भने एफएचडी र एचडी मोडेलमा ६ महिनासम्मको सुविधा दिइनेछ ।

null

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत ग्राहकहरूले १२ वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्नेछन् । पुराना उपकरण साटेर नयाँ टिभी लिन चाहने ग्राहकहरूले आर्कोस्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि लिन सक्नेछन् ।

अफरबारे थप जानकारीका लागि नजिकको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

Share News