कजारियाको ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, मिस नेपालसँग डिनरको अवसर

काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ नामक विशेष उपभोक्ता अभियान सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस अभियानमार्फत मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका ग्राहक जोडीहरूले वर्तमान मिस नेपाल विजेतासँग डिनर गर्ने अवसर पाउनेछन् । यसलाई उपभोक्तामाझ फरक जीवनशैली अनुभव प्रदान गर्ने योजनाका रूपमा प्रस्तुत गरिएको छ ।

अभियानमा सहभागी हुन ग्राहकले एकैपटक न्यूनतम १,००० वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ। यो योजना मिस नेपालको क्षेत्रीय अडिसनसँग जोडिएको छ र नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा लागू हुनेछ ।

अभियानबारे जानकारी दिँदै कम्पनीका प्रवक्ताले मिस नेपालसँगको सहकार्यले आधुनिकता र भव्यतालाई प्रतिनिधित्व गर्ने उल्लेख गरे । उनले ग्राहकप्रतिको कृतज्ञता स्वरूप अविस्मरणीय अनुभव प्रदान गर्न खोजिएको बताए ।

यो अभियान २०८३ जेठ १० देखि २५ गतेसम्म सञ्चालन हुनेछ । अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि ग्राहकहरूले नजिकैको कजारिया शोरुम वा कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सक्नेछन् ।

Share News