काठमाडौं । स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० रुपैयाँ तय भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा १४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।