काठमाडौं । नेपालका लागि दिपलका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘२०२६ दिपल एस०५ प्लस’को बिक्री सुरु गरेको छ ।
कम्पनीका अनुसार कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा प्रस्तुत गरिएको एस०५ प्लस उन्नत प्रविधि, आकर्षक डिजाइन र फाइभ–स्टार सुरक्षा मापदण्डसहित बजारमा ल्याइएको हो । यसले विशेषगरी विवेकशील ग्राहकलाई लक्षित गरेको कम्पनीको दाबी छ ।
नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ प्रणाली रहेको छ, जसले यसलाई सेग्मेन्टमै पर्फर्मेन्स–केन्द्रित इभी बनाएको कम्पनीले जनाएको छ । यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३२० एनएम टर्क उत्पादन गर्दै ४०५ किलोमिटर (डब्लुएलटिपी) रेन्ज प्रदान गर्छ ।
चार्जिङतर्फ यसमा १५१.५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले करिब १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने बताइएको छ । साथै ६ किलोवाटको भेहिकल–टु–लोड (V2L) सुविधा रहेको यस गाडीबाट बाह्य उपकरणमा समेत विद्युत आपूर्ति गर्न सकिन्छ ।
डिजाइनतर्फ ‘आईएफ डिजाइन अवार्ड २०२५’ विजेता एस०५ प्लसमा सिग्नेचर फ्रेमलेस डोर, फ्लस ह्यान्डल र आकर्षक लाइनले यसको रोड प्रेजेन्सलाई थप मजबुत बनाएको छ। इन्टेरियरमा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलर एम्बायन्ट लाइटिङ जस्ता प्रिमियम सुविधा दिइएका छन् ।
यसमा १५९ लिटर क्षमताको फ्रंक (अगाडिको स्टोरेज) तथा रिमोट इन–एन्ड–आउट सिस्टमसमेत समावेश गरिएको छ, जसले स्मार्ट पार्किङलाई सहज बनाउँछ । साथै ४जी र ५जी कनेक्टिभिटीले सवारीलाई सधैं इन्टरनेटसँग जोडिराख्ने सुविधा दिन्छ ।
सुरक्षातर्फ ‘युरो एनक्याप’को ५–स्टार रेटिङ प्राप्त गरेको यो मोडेल उच्च सुरक्षा मापदण्ड पूरा गर्ने सवारीका रूपमा प्रस्तुत गरिएको छ ।
एमएडब्लु वृद्धिका अनुसार एस०५ प्लस पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षामा कुनै सम्झौता नगर्ने ग्राहकलाई लक्षित गरिएको हो । नेपाली बजारमा यस गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।