एथरको शोरुम अब बिर्तामोडमा पनि

काठमाडौं । एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

एथर एक्सपेरियन्स सेन्टरको उद्घाटन आइतबार भएको हो । यो सेन्टर भुर्तेल इनर्जीको डिलर व्यवस्थापन अन्तर्गत रहेको छ । 

बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् । 

हाल काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा समेत एथरको उपस्थिति विस्तार भएको हो । 

साथै देशभर १० वटा सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् ।

एथरले दुईपांग्रे ईभी सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको वारेन्टीसमेत प्रदान गर्दै आएको छ ।

नयाँ उद्घाटन गरिएको शोरुममा एथरको सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुने जनाइएको छ ।

ग्राहकहरूले देशभर विस्तार भइरहेको ४० भन्दा बढी एथर चार्जिङ स्टेशनमार्फत प्रमुख सहर तथा राजमार्गहरूमा सहज चार्जिङ सुविधा पाउनेछन् । भविष्यमा थप खोल्ने कम्पनीले जनाएको छ ।

Share News