काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले ९ महिनामा करिब १ अर्ब रुपैयाँ हाराहारी खुद नाफा गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ९८ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी, ७ करोड ३७ लाख विविध आम्दानी र १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी, ९ करोड रुपैयाँ विविध आम्दानी र १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले २० करोड ७१ लाख रुपैयाँ व्यवस्थापन खर्च, ११ करोड ७८ लाख रुपैयाँ खर्च व्यवस्था र ३२ करोड ५० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८३ लाख रुपैयाँ व्यवस्थापन खर्च, ११ करोड ५ लाख रुपैयाँ खर्च व्यवस्था र ३२ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कोषको जगेडा कोष १२ अर्ब ६८ करोड १ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३२ रुपैयाँमा छ भने प्रतिसेयर नेटवर्थ ४७.११ रुपैयाँ कायम छ ।