एकल अंकले बढ्यो नेप्से, २ अर्ब ९३ रुपैयाँको कारोबार

काठमाडौं । बिहीबार नेप्से एकल अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा कायम भएको छ ।

आज ३३४ कम्पनीको ४५ हजार ६५ पटक कारोबारमा ६६ लाख ८४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै १७ करोड ६८ लाख ३३  हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेशनल हाइड्रोपावरको१४ करोड ३४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  तेस्रो धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको १४ करोड १५ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोलु हाइड्रोपावरको ८ करोड ५९ लाख रुपैयाँ र न्यादी ग्रुप पावरको ८ करोड १५ लाख रुपैयाँ कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

बिहीबार ५ उपसमूहको सेयर घटेको छ भने बाँकीको बढेका छन् । वित्त ०.०८, लगानी ०.०७, उत्पादन ०.०८, म्युचल फण्ड ०.१६ र निर्जीवन बीमा कम्पनी ०.५६ प्रतिशतले घटेको छ ।

आज स्वालम्बी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १२.१९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले १३.२४ प्रतिशतका दरले गुमाएका छन् । 

Share News