सात लघुबीमाका सेयरधनी पनि अनुसन्धानमा

विभागले माग्यो सेयर लिँदा बुझाएको रकम विवरण

काठमाडौं । सम्पति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्सहित ७ वटा लघुबीमाका संस्थापक सेयरधनीको सम्पत्ति छानबिन गर्ने भएको छ । विभागले बिहीबार सूचना जारी गर्दै हिमालयन रिइन्स्योरेनससहित सातवटै लघुबीमा कम्पनीका संस्थापक सेयरधनीको सम्पत्ति छानबिन हुने बताएको हो । 

विभागले संस्थापक सेयर लिँदा व्यक्तिगत खातामा प्रिमियम रकम बुझाएकाहरूमाथि अनुसन्धान हुने बताएको हो। 

विभागले अनुसन्धानको क्रममा अध्ययन प्रयोजनको लागि विवरण आवश्यक परेकोले ७ लघु बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर किन्दा बुझाएको पैसाको विस्तृत विवरण माग गरेको हो । 

विभागले नेपाल माइक्रो इन्स्योरेन्स, गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो, ट्रस्ट माइक्रो र हिमालयन रिइन्स्योरेन्स समेतको संस्थापक सेयर खरिद गर्नेहरूको विवरण मागेको छ ।

विभागले संस्थापक सेयर किन्दा चुक्तापुँजीबापत कम्पनीमा भुक्तानी गरेका बाहेक अतिरिक्त शुल्कबापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएका रकमका हकमा के कति रकम को कसको नाममा, के कति नम्बरको, के कुन बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरेको भन्ने विवरण मागेको सूचनामा उल्लेख छ। 

null

Share News