पाल्पा सिमेन्ट र शिखर सिमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढे

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७८७ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पििनिङको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, सोलु हाइड्रोको २६ करोड, आँखु खोलाको २६ करोड ५ लाख, होटल फोरेस्ट २२ करोड र नेसनल हाइड्रोको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा पाल्पा सिमेन्ट र शिखर सिमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।     

Share News