डेपुटी गभर्नर पण्डितसँग २५० तोला चाँदी, घरमा हिरा पनि

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफ्नो नाममा २० तोला सुन, २५० तोला चाँदी र २० लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति निजी तथा पत्नीको आर्जन भएको उनले बताएका छन् ।

त्यस्तै, उनको लगानी विभिन्न क्षेत्रका कम्पनीमा समेत देखिएको छ । सम्पत्ति विवरण अनुसार पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता, जलविद्युत क्षेत्रमा ३ हजार ६०६ कित्ता र बीमा कम्पनीहरूमा ३६ कित्ता सेयर रहेको उल्लेख छ ।

श्रीमती कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा ५११ कित्ता र बीमा कम्पनीमा १२ कित्ता सेयर रहेको छ ।

यस्तै, छोरा अभ्युदय पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा २२० कित्ता तथा बीमा क्षेत्रमा १२ कित्ता सेयर रहेको विवरणमा उल्लेख गरिएको छ ।

Share News