गृह अब प्रधानमन्त्रीकै जिम्मामा

प्रधानमन्त्री बालेन्द्र शाह र निवर्तमान गृहमन्त्री सुधन गुरुङ

काठमाडौं । सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन् । 

तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्री मातहत रहने प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

सरकार बनेको २६ औं दिनमै उनले राजीनामा दिएका हुन् । विवादमा तानिएपछि उनले राजीनामा दिएका हुन् ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ परेका विचौलिया दीपक भट्टसँग उनको व्यवसायिक कनेक्सन भएको देखिएपछि गृहमन्त्री गुरुङ प्रश्नको घेरामा आएका हुन् ।

मन्त्री गुरुङले स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा भट्टसँगै लगानी गरेको देखिएको छ । उनीसँगै सुलभ अग्रवालको पनि उक्त कम्पनीमा साझेदारी देखिन्छ । भट्ट र अग्रवाल नै अहिले सम्पत्ति शुद्धीकरणको अनुसन्धान क्रममा हिरासतमा छन् । 

स्टार माइक्रो इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९ औं नम्बरमा उनको नाम समावेश छ । उनले उक्त कम्पनीमा २५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । तर, सम्पत्ति विवरणमा भने उनले सो लगानीबारे खुलाएका छैनन् ।

सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक अभियन्ताको सम्पत्ति अस्वाभाविक भन्दै उनको चौतर्फी आलोचना भएको थियो । मन्त्री गुरुङको नाम फेवाताल जग्गा प्रकरणमा जोडिएको थियो ।

२६ दिनमै बालेन्द्र सरकारका दुई मन्त्री पदमुक्त

Share News