काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ आगामी सोमबार (वैशाख ७ गते) देखि लागू गर्ने निर्णय गरेको छ।
नेप्सेका वरिष्ठ अधिकृत सन्तोष आचार्यले वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली कार्यान्वयन गर्ने निर्णय गरेको बताए ।
संशोधित व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य उतारचढावको दैनिक सीमा (प्राइस लिमिट) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । यसको अर्थ अब कुनै पनि सूचीकृत कम्पनीको सेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।
साथै, संशोधित विनियमावलीको विनियम ७ को उपविनियम ५ र ६ मा उल्लेखित व्यवस्थाहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न कारोबार सदस्यहरूलाई आवश्यक निर्देशन दिइएको नेप्सेका ले जानकारी दिएका छन् ।