काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेड ले २१ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २२ गते विशेष साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय, लालकोलोनी मार्ग, काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।