सिटी होटलको पौने ३ करोड कित्ता सेयरको लकइन सकिँदै

काठमाडौं । सिटी होटल लिमिटेडको पौने ३ करोड कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीका संस्थापक र कर्मचारी सेयरधनीहरुको नामममा रहेको २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते समाप्त हुने भएको हो । 

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार दर्ता भएको कुल सेयरमध्ये २ करोड ७१ लाख १८ हजार ८ सय कित्ता संस्थापक र १ लाख २० हजार ५२८ कित्ता कर्मचारीको स्वामित्वमा रहेको छ । लक–इन अवधि समाप्त भएसँगै उक्त सेयरहरू कारोबारका लागि खुला हुनेछन्, जसले बजारमा आपूर्ति बढ्न सक्ने लगानीकर्ताहरु बताउँछन् । 

यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Share News