काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ । आइतबार सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबार सुन प्रतितोला २ लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २ हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।