रविन्द्र ढाँट बने आईजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बेस्डर

काठमाडौं । आईजेएमडी एसएस पाइप्सले म्याट्रिक्स फाइट नाइटका विजेता रवीन्द्र ढाँटलाई एम्बेस्डर नियुक्त गरेको छ।

आईजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व रविन्द्र ढाँटलाई आधिकारिक ब्रान्ड एम्बासेडरमा नियुक्त गरेको हो ।

चिपागढ, रुपन्देहीस्थित अत्याधुनिक प्रविधियुक्त उत्पादनबाट निरन्तर गुणस्तर र स्थायित्वमा ध्यान दिँदै आएको आईजेएमडी एसएस पाइप्स नेपालभरका ग्राहकबीच विश्वसनीय नाम बन्दै आएको छ ।

रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र इमानदार व्यक्तित्वले कम्पनीको 'गुणस्तर, स्थायित्व र विश्वास' भन्ने मूल्यमान्यतालाई अझ मजबुत गर्ने विश्वास आईजेएमडी एसएस पाइप्स ले लिएको छ ।

Share News