कुमारी बैंकले बिक्रीमा राख्यो १५९ वटा दुईपाङ्ग्रे सवारी साधन

<p>काठमाडौं । कुमारी बैंकले दुईपाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका १५९ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको हो । बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । कुमारी बैंकले दुईपाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका १५९ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको हो ।

बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

सवारी साधनहरू निरिक्षण गर्न इच्छुकले बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्कर्प गर्नुपर्नेछ । बोलपत्रमा आफुले सकार गरी लिन चाहेको सवारी साधन के कति रकममा सकार गरी लिन चाहेको हो, सोको विवरण र आफुले सवारी साधन लिन कबुल गरेको कम्तीमा १० प्रतिशत रकम अग्रिम बुझाउनुपर्नेछ ।

 

Share News