काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक जना पुरूषको निधन भएको छ ।
आइतबार बिहान चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरमाथिबाट खसेर एक जना पुरूषको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
छतमा घाम ताप्ने क्रममा दोलखा शैलुङ गाउँपालिका-३ घर भएका ५२ वर्षीय होमबहादुर श्रेष्ठ रेलिङमा अल्झिएर दुई तला माथिबाट खसेका हुन् ।
घाइते भएका उनको उपचारका लागि सतुङगलस्थित अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचारको क्रममा उनको निधन भएको एसपी बोहोराले बताए ।