३८ वटा गाडीको अनुगमन गर्दा २० वटाले गरे प्रदूषण मापदण्ड उल्लंघन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा ३८ मध्ये २० वटा सवारीसाधनले तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ । मापदण्ड उल्लंघन गर्ने ती सवारीसाधनमाथि कानुनबमोजिम कारबाही गरिएको छ ।

मन्त्रालयका अनुसार असार २४ गते गरिएको संयुक्त अनुगमन तथा प्रदूषण परीक्षणमा ५२.६४ प्रतिशत सवारीसाधन तोकिएको मापदण्डभन्दा बढी प्रदूषण उत्सर्जन गर्ने अवस्थामा भेटिएका हुन्  ।

स्वच्छ हावा, स्वस्थ वातावरण र जिम्मेवार सवारी सञ्चालनका लागि प्रदूषण परीक्षण अभियानलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । साथै, सबै सवारीधनीलाई नियमित मर्मत-सम्भार गर्न, प्रदूषण परीक्षण गराउन र सरकारले तोकेको मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ । 

Share News