युनिसेफले गर्याे बाढी पीडितलाई डेढ करोड सहयोग

<p>काठमाडौं । संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका ८४५ बाढी पहिरो पीडितलाई सहयोग गरेको छ । पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई १ करोड ५० लाख ४० हजार ५ सय रुपैयाँ मङ्गलबार हस्तान्तरण गरेको हो । सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान [&hellip;]</p>

काठमाडौं । संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका ८४५ बाढी पहिरो पीडितलाई सहयोग गरेको छ । पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई १ करोड ५० लाख ४० हजार ५ सय रुपैयाँ मङ्गलबार हस्तान्तरण गरेको हो ।

सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गर्नुभयो । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।

नगरमा ४५३ प्रतिपरिवारलाई १५ हजार रुपैयाँ र ३९२ परिवारलाई २० हजार रुपैयाँ सहायता रकम प्रदान गरिनेछ । अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताए ।

सो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ । युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका २६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

Share News