पूर्वसभामुख ढुङ्गानाको निधन

<p>काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय  डा. रुद्र शर्माले जानकारी दिए । ढुङ्गानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएकाे हाे । उनी क्यान्सर रोगबाट पीडित थिए । २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका ढुङ्गानाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि [&hellip;]</p>

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय  डा. रुद्र शर्माले जानकारी दिए ।

ढुङ्गानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएकाे हाे । उनी क्यान्सर रोगबाट पीडित थिए ।

२०४८ सालदेखि २०५१ सम्म सभामुख भएका ढुङ्गानाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए ।

ढुङ्गानाको एक छोरा र एक छोरी छन् । पारिवारिक स्रोतका अनुसार उनकाे अन्त्येष्टि सोमबार गरिनेछ।

Share News