काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न मितिदेखि गैरहाजिर रहेका १२ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ अनुसार प्रक्रिया पूरा गरी सार्वजनिक सूचना टाँस गरिए पनि सम्पर्कमा नआएपछि सम्बन्धित कर्मचारीहरूलाई अन्तिम पटक ७ दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ ।
सेवाबाट हटाउने तयारीमा रहेका कर्मचारीहरूमा प्राविधिक प्रहरी नायब निरीक्षक अनुपा कुमारी तिवारी, प्रहरी सहायक निरीक्षक जोसेफ तावा, प्रहरी सहायक हवल्दार विजय खड्का तथा प्रहरी जवानहरू अमृत तामाङ, साईल ताम्राकार, गणेश बि.क., कल्पना माझी, सरोज लिम्बु, सुभम खड्का, नवराज रोका, सुसान लिम्बु र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।
सूचनाअनुसार गैरहाजिर रहेका ती कर्मचारीहरूलाई ७ दिनभित्र आफ्नो गैरहाजिरीको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
तोकिएको समयभित्र उपस्थित नभएमा प्रहरी नियमावलीको नियम ११३ (१) को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ ।
