४ सय रुपैयाँमा मिथिला लघुवित्तको सेयर बिक्रीमा

<p>काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल पेश गर्नुपर्नेछ । लघुवित्तको सेयरमा मंसिर [&hellip;]</p>

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

लघुवित्तले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल पेश गर्नुपर्नेछ ।

लघुवित्तको सेयरमा मंसिर ५ गतेसम्म आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

Share News