डीभी भर्ने समय २ दिन थपियो

<p>काठमाडाैं ।  अमेरिकाले इलेक्ट्रिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन दिने समय २ दिन थप गरेको छ । यससँगै नोभेम्बर ७ तारिख (बुधबार)सम्म डीभी भर्न पाइने भएको छ । अक्टोबर २ तारिखदेखि नोभेम्बर ५ तारिखसम्मका लागि अमेरिकाले डीभीको आवेदन खुल्ला गरेको थियो । आज ५ तारिख नेपालस्थित अमेरिकी राजदूतावासले एक सूचना सार्वजनिक गर्दै डीभी भर्ने मिति नोभेम्बर [&hellip;]</p>

काठमाडाैं ।  अमेरिकाले इलेक्ट्रिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन दिने समय २ दिन थप गरेको छ । यससँगै नोभेम्बर ७ तारिख (बुधबार)सम्म डीभी भर्न पाइने भएको छ ।

अक्टोबर २ तारिखदेखि नोभेम्बर ५ तारिखसम्मका लागि अमेरिकाले डीभीको आवेदन खुल्ला गरेको थियो । आज ५ तारिख नेपालस्थित अमेरिकी राजदूतावासले एक सूचना सार्वजनिक गर्दै डीभी भर्ने मिति नोभेम्बर ७ तारिखसम्मलाई बढाइएको जानकारी दिएको हाे ।

अमेरिकाले हरेक वर्ष डीभीमार्फत विश्वबाट ५० हजार मानिसलाई आप्रवाशन दिँदै आएको छ । नेपालबाट पनि हरेक वर्ष डीभीमार्फत २ हजार ५ सय देखि ४ हजार ५ सय जनाको हाराहारीमा अमेरिका जाने गरेका छन् ।

Share News