काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।
सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख जयराज सापकोटाले विकासन्युजलाई जानकारी दिए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन गर्न सुर्खेत पुगेका थिए ।