रिपब्लिक मिडियाको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर १० गतेका लागि आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

थापागाउँको काठमाडौं ब्याङ्केटमा सभा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।

सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ ।

यसैगरी, चालु आर्थिक वर्षको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछ ।

Share News