बालुवाटारमा १० हजार मानिस उतार्ने रास्वपाको रणनीति, रविको रिहाइ मुख्य माग

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) बालुवाटारमा विरोध गर्ने भएको छ । रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतारेर विरोध गर्ने भएको हो । सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले विरोध गर्ने भएको हो । रास्वपाले काठमाडौंका विभिन्न ठाउँबाट र्&#x200d;याली निकालेर अन्ततः बालुवाटारमा आन्दोलन गर्ने भएको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) बालुवाटारमा विरोध गर्ने भएको छ । रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतारेर विरोध गर्ने भएको हो ।

सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले विरोध गर्ने भएको हो । रास्वपाले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेर अन्ततः बालुवाटारमा आन्दोलन गर्ने भएको हो ।

रास्वपा सचिवालका अनुसार चावाहिल‚ कोटेश्वर‚ कलङ्की चोक‚ ललितपुर‚ स्वयम्भु, वनस्थली बालाजु एरिया‚ सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली बालुवाटारमा आउनेछ ।

नेपाल प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेको थियो । उनलाई रास्वपा कार्यालयबाटै प्रहरीले पक्राउ गरेर पोखरा लगेको हाे । उनी हिरासतमा बसेको दुई साता भइसकेको छ ।  उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको छ ।

Share News