मन्त्रिपरिषदको बैठक बस्दै, ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी छलफल हुने

<p>काठमाडौं । मन्त्रिपरिषदको बैठक आह्वान गरिएकाे छ । बैठक मंगलबार पाँच बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयकाले जनाएकाे छ । आजकाे बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवादबारे छलफल हुने जनाइएकाे छ । साथै समसामयिक विषयमा पनि छलफल हुनेछ । पछिल्लाे समय ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवाद चुलिएकाे छ । पीडित तथा प्रताडित उद्याेगी समूहले आइतबार पत्रकार [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषदको बैठक आह्वान गरिएकाे छ । बैठक मंगलबार पाँच बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयकाले जनाएकाे छ ।

आजकाे बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवादबारे छलफल हुने जनाइएकाे छ । साथै समसामयिक विषयमा पनि छलफल हुनेछ ।

पछिल्लाे समय ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवाद चुलिएकाे छ । पीडित तथा प्रताडित उद्याेगी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएकाे थियाे ।

यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले याे विवाद आफ्नाे कार्यकालभन्दा अगाडि सिर्जित भएकाे बताएका छन् ।

हिजाे बस्ने भनिएकाे मन्त्रिपरिषदकाे बैठक प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यस्तताले बस्न सकेकाे थिएन ।

Share News