सेयरधनीलाई राष्ट्र बैंकको कडाइ, अब ०.५ प्रतिशत स्वामित्व भएकाले पनि कर्जा नपाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत एक निर्देशन संशोधन गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित सुविधामा रोक लगाएको हो । चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एक प्रतिशतभन्दा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत एक निर्देशन संशोधन गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित सुविधामा रोक लगाएको हो ।

चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई कर्जा तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको कुल सेयरको एक प्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई यस्तो बन्देज लगाइएको थियो ।

साथै चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर भएका व्यक्ति वा संस्थाका कार्यकारी प्रमुख, लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारीलाई कर्जा तथा गैरकोषमा बन्देज लगाएको हो ।

साथै परिवारका सदस्य वा व्यक्तिको वित्तीय स्वार्थ भएका संस्था वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका संस्थालाई कर्जा लिन नपाइने भएको हो । यसअघि एक प्रतिशतको सीमा तोकिएको थियो ।

राष्ट्र बैंककाअनुसार चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरूको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन ।

यस्तै, शत प्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, सम्बन्धित संस्थाले तोकेको सीमासम्मको क्रेडिट कार्ड सुविधा प्रदान गर्न संस्थाको मुद्दति रसिद तथा सरकार र राष्ट्र बैंक ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न यस खण्डमा भएको कुनै पनि व्यवस्थाले बाधा पुर्‍याएकाे मानिने छैन । चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर धारण गरेका सेयरधनीहरूको विवरण बैंकले अर्धवार्षिक रूपमा सम्बन्धित सुपरीवेक्षण विभागमा पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Share News