सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । साथै यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ पुर्याउन निर्देशन दिएको हो ।

साथै यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।

कथमंकदाचित् कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

Share News