बाढी पहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख सहयोग

<p>काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । बैंकका अनुसार गत असोज ११ र १२ गते आएको बाढी, पहिरो [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

बैंकका अनुसार गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगत देखीनै सहयोग गर्दै आएको छ ।

Share News