राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य, ओजेडको मूल्य ७९५० रुपैयाँ

<p>काठमाडौं । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य बढाइएकाे जानकारी दिएकाे हो । सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धि कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको [&hellip;]</p>

काठमाडौं । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य बढाइएकाे जानकारी दिएकाे हो ।

सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धि कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णयअनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो ।

राष्ट्र बैंकका अनुसार यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ५ सय ५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९५० रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै, ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँ पर्नेमा बैंकले उक्त सिक्काको मूल्य ७ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएकाे छ ।

Share News