आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा छुट

<p>काठमाडौं । आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ । आईसीएफसी फाइनान्स र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा आईसीएफसीको [&hellip;]</p>

काठमाडौं । आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ ।

आईसीएफसी फाइनान्स र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा आईसीएफसीको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट आईसीएफसीका ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने छन् ।

Share News