काठमाडौं । आज अधिकाशं विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोपियन यूरो र अष्ट्रेलियन डलरको मूल्य भने बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.२७ रुपैयाँ र बिक्रीदर १४९.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.४३ रुपैयाँ र बिक्रीदर १७९.२३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०८ रुपैयाँ र बिक्रीदर १५७.७८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७२ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.३० रुपैयाँ र बिक्रीदर ९९.७५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.८५ रुपैयाँ र बिक्रीदर १०४.३२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५७ रुपैयाँ र बिक्रीदर ३५.७३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६१ रुपैयाँ र बिक्रीदर ३६.७८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३४ रुपैयाँ र बिक्रीदर ३६.५० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.३१ रुपैयाँ र बिक्रीदर ३२.४५ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१९ रुपैयाँ र बिक्रीदर १३.२५ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०२ रुपैयाँ र बिक्रीदर २०.११ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१४ रुपैयाँ र बिक्रीदर १७.२२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.२४ रुपैयाँ र बिक्रीदर ४३९.२१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.०८ रुपैयाँ र बिक्रीदर ३५५.६७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।