भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भयो कुमारी बैंक

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएकाे छ । भिजा इन्टरनेसनलले आयोजना गरेको &#8216;लिडरसीप कनक्लेभ नेपाल २०२४&#8217; मा बैंक दुई विधामा सम्मानित भएको हाे । बैंक&#8217;एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस&#8217; र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस&#8217; अवार्डबाट सम्मानित भएको हो । आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएकाे छ ।

भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हाे ।

बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News