एनएमबि र बागमती गाउँपालिकाबीच खेती कर्जाका लागि भयो सम्झौता

<p>काठमाडौं । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेती एप) र मकवानपुरकाे बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झाैता भएकाे छ । गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हाे । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेती एप) र मकवानपुरकाे बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झाैता भएकाे छ ।

गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हाे ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरे ।

एनएमबि बैंक र डिभी एक्सेलस प्रालिबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेको छ ।

बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई यस डिजिटल कर्जामार्फत कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनैवटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जाकाे लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्नेजस्ता विषयमा सहमति भएकाे हाे ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताएका थिए ।

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News